logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • इलाम बाटै सवारी लाइसेन्स परीक्षा दिन पाइने

    इलाम बाटै  सवारी  लाइसेन्स परीक्षा दिन पाइने


    इलाम , कार्तिक २८ ।
    यातायात व्यवस्था कार्यालय इलाम स्थापना भएको सात वर्षपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने अनुमति पाएको छ । यहि कार्तिक २७ गतेदेखि लाइसेन्सका लागि अनलाइनमै आवेदन दिन पाउने भएको कार्यलय प्रमुख छविलाल खतिवडाले बताउनु भयो । लाइसेन्सका लागि आवश्यक मापदण्ड पुरा गरीसकेको कार्यलयले लिखित परीक्षा र ट्रायल गराउने भएको छ । हप्तामा तीनवटा सम्म परीक्षा संचालन गर्ने तयारी भएको खतिवडाले बताउनु भयो ।
    सेवाग्राहीले यातायात व्यवस्था विभागको वेबसाइट मार्फत नयाँ लाइसेन्सका लागि अनलाईन फाराम भरी इलाममा परीक्षा दिन सक्ने छन । इलाममा परीक्षा दिन चाहाने सेवाग्राहीले अनलाइन फाराम भर्दा परीक्षा केन्द्र इलामलाई छनौट गर्नु पर्ने हुन्छ । कार्यलयले बर्ग ए (मोटरसाइकल,स्कुटर,मोपेड) को दैनिक १००,बर्ग के (स्कुटर) को दैनिक ४० ,बर्ग बी (कार ,जिप,डेलिभरी भ्यान) को दैनिक ३० ,बर्ग सी (टेम्पो,अटो रिक्सा) को दैनिक २० ,.बर्ग जे वान (एस्काभेटर) को दैनिक २०,.बर्ग जे टु (ब्याकहु लोडर) को दैनिक १५ र .बर्ग इ (ट्रयाक्टर) को दैनिक १५ आवेदन लिने गरी कोटा निर्धारण गरिएको कार्यलयले जनाएको छ । यस अघि कार्यलयले सवारी नवीकरण तथा नामसारी , लाईसेन्स नवीकरण , रुट परमीट लगायतका सेवा प्रदान गर्दै आएको थियो । इलामबाट लाईसेन्स परीक्षा दिन पाउने भए पछि इलाम सहित पाँचथर , ताप्लेजुङ र तेह्रथुम जिल्लाका सेवाग्राहीलाई सहज हुने जनाइएको छ ।
    कार्यालयको आफ्नै ट्रायल सेन्टर नभएकाले निजी स्तरबाट निर्मित इलामेली अटो मोवाइल्स तथा ड्राइभिङ सेन्टरमा ट्रायल संचालन गर्न कार्यलले सम्झौता गरेको जनाएको छ । विगत तीन वर्षदेखि ट्रायल सेन्टर निमार्ण सुरु गरे पनि भरखरै मात्र सम्झौता भएकोले अब केही दिनमा पुर्ण रुपमा तयारी हुने संचालक सुमन काफ्लेले बताउनु भयो ।



    निगरानी संवाददाता    
  • २०७८ कार्तिक २८, आईतवार १७:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP