logo
  • २०८१ आश्विन २३ | Wed, 09 Oct 2024
  • महिलाहरुको आयआर्जन बृद्धिका लागि उद्यमशीलता र होमस्टे सम्बन्धि तालिम

    महिलाहरुको आयआर्जन बृद्धिका लागि उद्यमशीलता र होमस्टे सम्बन्धि तालिम

    इलाम ;माइजोगमाई गाउँपालिका वडा ३ को नामसालिड.टारीगाउँमा उद्यमशीलता र होमस्टे सम्बन्धि तालिम संचालन गरिएको छ । नामसालिड. सामुदायिक विकास केन्द्रले एशीयाली तथा अफ्रिकि मुलुकका ग्रामिण समुदायको संकटासन्नता न्युनिकरण तथा उत्थानशीलता सुदृढिकरण परियोजना मार्फत स्थानीय सहकारी सदस्यहरुलाई दुइ दिने तालिम संचालन गरेको हो । तालिममा कृषि विज्ञ डाक्टर योगेन्द्रमान श्रेष्ठले सहजिकरण गर्नुभएको छ । महिला उद्यमशीलता विषयमा हरितनगर महिला समूह इलामकी अध्यक्ष रिना घिमिरे, नानुका खत्री, सुनिता कर्माचार्यले प्रकाश पार्नुभयो । तालिममा गाइखुरे देवी कृषि सहकारी संस्थाका ४५ जना महिला सदस्यहरु सहभागि भएका छन् । महिलाहरुको आयआर्जन बृद्धिका लागि होमस्टे संचालन र प्रवद्र्धन गरिने परियोजना अधिकृत प्रदीप घिमिरेले जानकारी दिनुभयो । सामुदायिक होमस्टे दर्ता गर्ने प्रकृया गरिने भएको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७९ चैत्र ६, सोमबार १०:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP