जताततै म्याद गुज्रिएको सामग्री

जताततै म्याद गुज्रिएको सामग्री

फिक्क्ल: सूर्योदय नगरपालिकाको पर्यटकीय क्षेत्र अन्तुका किराना पसल अनुगमन गर्दा अधिकांस पसलमा म्याद गुज्रिएको सामान फेला पर्यो ।

अन्तुमा मात्रै हैन सूर्योदय नगरपालिकाका सबै बजार क्षेत्रमा गरिएको अनुगमनमा यस्तै समस्या देखिएको बजार अनुगमन समितिका संयोजक मदन गुरूङले बताए ।

बजार अनुगमनका क्रममा म्षाद गुज्रिएको तेल देखि पाउरोटी सम्म फेला परेको गुरूङले बताए । व्यापारीमै उत्पादन र एक्सपायर मिति हेर्ने बानी नरहेकाले पसलमा अखाद्य सामग्रीको कारोबार भइरहेको समितिले जनाएको छ ।
अन्तुमा बजार अनुगमन समिति संयोजक मदन गुरुङको नेतृत्वमा , नगरका कर्मचारी, उद्योग बाणिज्य संघ, प्रहरी र संचारकर्मी , नगर प्रहरी सहितको टोलीले अनुगमन गर्दा ठूलो मात्रामा म्याद गुज्रिएका सामग्री बरामद गरेको हो ।


बजारमा चिसो पेय पदार्थ, पाउरोटी, भुजीया, पापड, मसला बिस्कुट लगायतका म्याद गुज्रीएका सामग्री भेटिएका छन । अनुगमनका क्रमसम्माम फेला परेको संयोजक गुरूङले बताए । केहि पसलको दर्ता नविकरण नभएको पाईएको छ । दर्ता नविकरण नभएकालाई तत्काल प्रक्रिया पुरा गर्न निर्देशन दिएको संयोजक गुरुङले जानकारी दिए । बरामद भएको सामग्री नगरको डम्पिङ साइडमा लगेर नष्ट गरिने छ ।