logo
  • २०८२ फाल्गुन २६, मंगलवार | Tue, 10 Mar 2026
  • खनालको निर्वाचन क्षेत्रमा ओलिले सम्बोधन गर्ने तयारी

    खनालको निर्वाचन क्षेत्रमा ओलिले  सम्बोधन गर्ने तयारी

    इलाम : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको प्रतिनिधिसभा क्षेत्र १ को सूर्योदय नगरपालिकामा हुने बृहत् जनसभालाई सम्बोधन गर्ने भएका छन्। इलाम क्षेत्र १ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र हो। पछिल्लो चुनावमा खनाल यो क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

    आगामी चैत ६ गते आइतबार हुने बृहत जनसभामा १० हजारभन्दा बढीको सहभागिता रहने नेकपा एमाले इलामले गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। आमसभाको तयारीबारे जानकारी दिँदै नेकपा एमाले इलामका अध्यक्ष एवम् इलाम नगर प्रमुख महेश बस्नेतले १० हजारभन्दा बढी शुभेच्छुक सभामा सहभागी हुने जानकारी दिए। उनले सूर्योदयमा ओलीको पहिलो कार्यक्रम भएकाले सहभागिताका लागि कार्यकर्ता उत्साहित भएको बताए।



    निगरानी संवाददाता    
  • २०७८ चैत्र ४, शुक्रबार १७:०६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP