इलामको रोङ गाउँपालिकामा एकजनामा कोरोना संक्रमण

Share This
  •  
  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares
इलामको रोङ गाउँपालिकामा एकजनामा कोरोना संक्रमण

इलाम असार २६
इलामको रोङ गाउँपालिकामा शुक्रबार एकजना कोरोना संक्रमित पुष्टि भएको छ । इलाममा कोरोना संक्रमितको संख्या १४ पुगेको छ भने निको भएर ८ जना घर फर्किएको इलामका कोभिड १९ फोकल पर्सन विमल बरालले बताउनु भयो । भारतको बैङलोरबाट नेपाल आएर शान्ति निकेतन मावि को क्वारेन्टिनमा बसीरहेका रोङका २२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख नेत्र प्रसाद पोख्रेलले बताउनु भयो । संक्रमित युवकलाई मोरङको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयमा तयार गरिएको कोरोना अस्पतालमा लगिएको छ ।