इलाम नगरपालिकाको मेयरमा तीनजनाको उम्मेद्धारी

इलाम नगरपालिकाको मेयरमा तीनजनाको उम्मेद्धारी


इलाम , बैशाख १२ । इलाम नगरपालिकामा सत्तारुढ गठवन्धनका तर्फबाट नेपाली काँग्रेसका केदार थापाले मेयर पदमा उमेद्धारी दर्ता गराएका छन् । नगरमा काँग्रेसले विष्णु दाहाललाई उपमेयरमा उमेद्धार बनाएको छ । गठबन्धनमा सहमती नभएको भन्दै नेकपा एसले पनि डिकेन्द्र दाहाललाई उपमेयर पदमा उमेद्धार बनाएको छ । नेपाली काँग्रेस सहित गठबन्धन दलका उमेद्धारले सोमबार दिउसो चार बजे मात्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र उमेद्धार मनोनयन दर्ता गराएका हुन । इलाम नगरपालिकाको मेयर पदका लागि नेकपा एमाले बाट धिरेन चेम्जोङले उमेद्धारी दिएका छन् । यस अगाडी एमाले प्रदेश कमिटीले नरेन्द्रनाथ भट्टराईलाई मेयरको टिकट दिएको थियो । भट्टराईको विरोधमा एमालेकै कार्यकर्ता उत्रिएपछि प्रदेशले पुन धिरेन चेम्जोङलाई उमेद्धार बनाएको थियो । उमेद्धारी दर्ता पछि भट्टराईले आज सम्म आन्तरीक प्रतिष्पर्धा रहेको भएपनि अव विपक्षि पार्टी सँगको प्रतिष्पर्धामा मिलेर अगाडी बढ्ने बताए ।एमालेबाट सीता रिजाललाई उपमेयर पदको उमेद्धार बनाइएको छ । यस अघि एमालेबाट चित्रकला गुरुङको टिकट आएकोे थियो । गुरुङले नरेन्द्रनाथ भट्टराईको साथमा उपमेयर नउठ्ने भनी राजिनामा दिएकी थिइन ।यसैबीच इलाम नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट माया भट्टराईले मेयर पदमा उमेद्धारी दिएकी छन् । उपमेयरमा राजेन्द्र चौहानले राप्रपाबाटै उमेद्धारी दर्ता गराएका छन् ।