फाकफोकथुम गाउँपालिका वडा न १ मा कांग्रेसको प्यानल बिजयी

फाकफोकथुम गाउँपालिका वडा न १ मा कांग्रेसको प्यानल बिजयी


इलाम , बैशाख ३१ । इलाम फाकफोकथुम गाउपालिका वडा न १ मा नेपाली कांग्रेसका वडा अध्यक्षका उमेद्वार कर्ण बहादूर थेगिम निर्वाचित भएका छन् । थेगिम सहित वडाको प्यानल नै बिजयी भएको हो । थेगिमले ८ सय ४ मत प्राप्त गरि बिजयी भएका छन् । निकटम प्रतिद्वन्द्वी टेक बा निरौला ४ सय ७७ प्राप्त गरे । वडा सदयमा राम बहादुर पौडेल र कमान सिह लिम्बु बिजयी भएका छन । महिला सदस्यमा गोमादेवी भट्टराई र दलित महिला सदस्यमा सीता देबि बराइली बिजयी भएका छन ।