logo
  • २०८२ जेष्ठ २ | Thu, 15 May 2025
  • इलाममा ४२ जनाको पिसिआर , १६ जनाको रिपोर्ट नेगेटभ ,हालसम्म ६२६ जनाको आरडिटि

    इलाममा ४२ जनाको पिसिआर , १६ जनाको रिपोर्ट नेगेटभ ,हालसम्म ६२६ जनाको आरडिटि


    इलाम ,जेठ ९ । इलाममा कोरोना भाइरस संक्रमणको पिसिआर विधी बाट परिक्षणको लागि ४२ जनाको स्वाब संकलन गरिएकोमा १६ जनाको रिर्पोट नेगेटिभ आएकोे छ । अन्य २६ जनाको को रिपोर्ट आउन बाँकी रहेको जनस्वास्थ्य कार्यलय इलाका कोभिड १९ फोकल पर्सन विमल बरालले बताउनु भयो । इलाम अस्पतालका ११ जना स्वास्थ्यकर्मीको समेत पिसिआर विधी बाट परिक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको इलाम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रभु साहले बताउनु भयो । जिल्लामा हालसम्म ६२६ जनाको आरडिटि विधिबाट परीक्षण गरिसकिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको जनाइएको छ । छिमेकी जिल्ला झापामा कोरोना संक्रमितको संख्या बढ्दै जादा इलाममा परीक्षणको दायरा बढाउन तयारी भइरहेका बरालले बताउनु भयो । स्थानीय तहहरुले पिसिआर परीक्षण बढाउन भिटिएम( स्वाब संकलन गरिने किट ) खरीद गर्ने भएका छन । भिटिएम खरीद गर्ने भएपछि परीक्षण गर्न जनशक्ति तयार गर्र्न विहिबार स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई तालीम दिइएको छ ।



    निगरानी डेक्स    
  • २०७७ जेष्ठ ९, शुक्रबार ०८:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP