logo
  • २०८१ माघ ९ | Wed, 22 Jan 2025
  • देउमाई नगरपालिकाको प्रमुखमा पोख्रेल,उपप्रमुखमा राई विजयी

    देउमाई नगरपालिकाको प्रमुखमा पोख्रेल,उपप्रमुखमा राई विजयी


    इलाम , जेठ ४
    इलामको देउमाई नगरपालिकाको मेयरमा सुर्य पोख्रेल विजयी बन्नु भएको छ । पोख्रेलले ८हजार ६९५ मत सहित विजयी बन्नु भएको हो । निकटम प्रतिद्धन्दी गठबन्धनको तर्फबाट े उम्मेदवार बन्नु भएका काग्रेसका होम दुलालले ७ हजार ६२२ मत प्राप्त गर्नु भयो । दुलाल र राई यसअघि २०७४ मा नगर प्रमुखका लागि पोख्रेल संग पराजित बन्नु भएको थियो । पोख्रेल दोस्रो कार्यकालको लागि निर्वाचित बन्नु भएको हो ।
    उपमेयरमा एमाले बाट पबिमाया राई ८ हजार ५६३ मतका साथ दोश्रो कार्यकालका लागि बिजयी हुनु भएको छ । यसअघि २०७४ को स्थानीय निर्वाचनमा राई उपमेयर हुनुहुन्थ्यो । निकटम प्रतिद्धन्दी माओवादी केन्द्रका राम राईले ५हजार ७६५ मत प्राप्त गर्नु भएको छ



    निगरानी संवाददाता    
  • २०७९ जेष्ठ ४, बुधबार १२:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP