logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • आइजिएफएफले बुझायो इलामका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

    आइजिएफएफले बुझायो  इलामका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र


    इलाम , असोज २६ ।
    अन्तर पुस्ता महिलावादी मञ्च(आइजिएफएफ)ले जिल्ला प्रशासन कार्यलय इलाममा ध्यानाकर्षण पत्र बझाएको छ। इलाम स्थित सहयात्रा नेपालकी अध्यक्ष हेम कुमारी ( गङ्गा ) शिवाको संयोगकत्वमा आइजिएफएफले बुधबार ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो। इलामका प्रजिअ माधव प्रसाद ढुंगानालाई भेटेर ध्यानाकर्षण पत्र बुझाइएको हो। आसन्न मङ्सिर ४ गते हुने संघ र प्रदेश निर्वाचनको सन्दर्भमा निर्वाचन र निर्वाचन पछी हुने भोज भतेर र मदाक पदार्थ सेवनबाट हुने महिला हिंसा हुने भन्दै निगरानी र नियन्त्रण गर्न भनिएको छ । चुनाव प्रचारमा संलग्न महिलालाई सुरक्षित वातावरण सृजना गर्नुपर्ने तर्फ ध्यानाकर्षण गराएको छ । मतदान केन्द्रमा जादा शारीरिक अशक्त,अपांग , वृद्धवृद्धा, गर्भवती महिलालाई सहजता प्रदान गर्न ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यलय मार्फत जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत ध्यानाकर्षण गराइएको जनाएको छ ।   आइजिएफएफको देश व्यापी अभियान अन्तर्गत ७७ वटै जिल्ला प्रशासन कार्यालमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७९ आश्विन २६, बुधबार १६:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP