सविता पाण्डे , इलाम , १८ साउन :
इलाममा आजदेखि राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले पहिलो चरणमा पाँच सय थान परिचयपत्र वितरण सुरु गरेको छ ।कार्यालयमा सत्र हजार ७९ वटा परिचयपत्र प्रीन्ट भएर आएको भए पनि सुरुमा पाँच सय वटा वितरण गरिने जनाएको छ ।
परिचयपत्र लिन व्यक्ति आफै उपस्थित भई ‘फिङ्गर प्रिन्ट’ लिनु गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो । पिन नम्बर पनि रहेकाले परिचयपत्र लिने व्यक्तिलाई आफैं उपस्थित हुनु पर्ने जनाइएको छ । साथै परिचय खुल्ने सक्कल कागजात लिएर आउनु पर्ने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा फोटो खिचाएकाहरुको परिचयपत्र वितरण गर्न थालिएको छ । पहिलो चरणमा बितरण गरिने परिचयपत्र नामावली सहित जिल्ला प्रशासन कार्यलयले अफिसियल फेसबुक पेजमा समेत राखेको छ । अन्य परिचय चरणबद्द रुपमा बितरण गरिने जनाइएको छ ।
प्रतिक्रिया