माईभ्याली गोल्डकप : आयोजक सेमीफाइनलमा

माईभ्याली गोल्डकप : आयोजक सेमीफाइनलमा

आयोजक इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपको सेमी फाईनलमा प्रबेश गरको छ । पाहुना टोली मोहोम्मदन स्पोटिङ क्लब कोलकोतालाई २ —१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । माइभ्यालीका तर्फबाट विदेशी खेलाडी जुनियर अनगुइनले खेलको चौथो मिनेटमा पहिलो गोल गरी टिमलाई अग्रता दिलाए । कोलकोताका केरिमि बेरनार्डले खेलको ४४ औ मिनेटमा एक गोल गरी खेललाई बराबरीमा पुर्याए । माइभ्यालीका एन्द्रे थेरी बियाकले खेलको ९४ औ मिनेटमा गोल गरी टीमलाई जित दिलाए । जीत सँगै आयोजक माइभ्याली गोल्डकपको सेमीफाइनलमा पहिलो पटक प्रवेश गरेको हो ।

यस अघिका संस्करणमा आयोजक सेमीफाइनल सम्म पुग्न सकेको थिएन । अब माइभ्यालीको भेट सेमीफाइनलमा त्रिभुवन आर्मीसँग विहिबार हुनेछ ।खेलको म्यान अफ दी म्याच माइभ्यालीका एन्द्रे थेरी यिबाक बने । उनले नगद १० हजार प्राप्त गरे । बुधवार देखि सेमीफाइनल खेल सुरु हुनेछ । पहिलो सेमीफाइनल खेलमा बुधबार मच्छिन्द्र क्लब काठमाण्डौ र मानेभञ्जयाङ फुटबल क्लब दाजिलिङ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको बिजेताले नगद ८ लाख उपविजेतालो ५ लाख प्राप्त गर्नेछन । प्रतियोगिताको फाइनल खेल फागुण २४ गते हुनेछ ।