इलाम माघ १ :विगतका वर्षमा जस्तै यस पटक पनि इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने धार्मिक क्षेत्र माईबेनीमा माघे सक्रान्ति मेला लागको छ ।
माइवेनी मेला भर्न आउनेको भीडसंगै स्थानीयस्तरमा उत्पादन हुने उखु र सुन्तलाको धेरै किनबेच भएको छ । माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ मानिसहरु यस स्थानमा मेला भर्न र मकर स्नान गर्न आउने गर्दछन ।
इलाम जिल्लाको माईजोग्माई गाउपालिका र ईलाम नगरपालिका अन्तर्गत माईबेनीमा यो मेला वर्षौअघिदेखि लाग्दै आएको हो ।
गजराजसिंह थापा इलाममा बडाहाकिम भई आए पछि १९२० तिर देखि यहाँ मेला लाग्दै आएको जानकारहरु बताउछन ।
मेलामा इलाम सहित छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्रथुम तथा सीमावर्ती भारतको दार्जि्लिङ, सिक्किम, मिरिकबाट मेला भर्न आउने गरेका छन ।
प्रतिक्रिया