logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • महेन्द्र रत्न बहुमुखि क्याम्पस इलामको स्ववियु अध्यक्षमा अनेरास्ववियुका दर्शन राई

    महेन्द्र रत्न बहुमुखि क्याम्पस इलामको स्ववियु   अध्यक्षमा अनेरास्ववियुका दर्शन राई


    इलाम चैत ६ ।
    महेन्द्र रत्न बहुमुखि क्याम्पस इलामको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा स्वतन्त्र विद्यार्थी प्यानलै बिजयी भएको छ । आज सम्पन्न मतगणनामा अनेरास्ववियूका अध्यक्षका उम्मेद्धार दर्शन राईले ५ सय ९७ प्राप्त गरि बिजयी हुनु भएको छ । । राईका निकटम प्रतिस्पर्र्धी नेपाल विद्यार्थी संघको तर्फबाट अध्यक्षका याकु राईले ४सय ८७ मत प्राप्त गर्नु भएको छ । महेन्द्र रत्न बहुमुखि क्याम्पसमा आइतबार सम्पन्न निर्वाचनमा १९ सय ४१ मतदाता रहेकोमा १२ सय ८ मत खसेको थियो ।
    लोकतान्त्रिक समाजवादी विद्यार्थी प्यानल र स्वतन्त्र विद्यार्थी प्यान बीच प्रतिस्पर्धा भएको थियो । अखिल क्रान्तिकारीका राजेन्द्र विक (लोहार) ६ सय ६१ मत सहित सचिवमा बिजयी हुनु भएको छ । निकटम प्रतिस्पर्धी किरण गौतमले ४ सय ८५ मत प्राप्त गरेका छन । कोषाध्यक्षमा बिशाल कार्की ६ सय ७३ मत सहित बिजयी भएका छन भने निकटम प्रतिस्पर्धी निवाता राईले ४ सय ६१ मत प्राप्त गरेका छन । सदस्यमा स्वतन्त्र विद्यार्थी प्यानलका गोपिराज लिम्बु, ज्ञानेन्द्र चापागाई, बबिता खनाल, शम्भु राई, पुस्कर बोहोरा, मनिसा दुलाल र उज्वल पौडेल बिजयी भएका छन् ।
    समानुपातिक मत तर्फ अनेरास्ववियु पहिलो नेविसंघ दोस्रो, अखिल क्रान्तिकारी तेस्रो, अनेरास्ववियूूूलेतेस्रो मत पाएका छन् । समानुपातिक तर्फको मतगणना अनुसार अनेरास्ववियूले ३ सय ९८ मत प्राप्त गरेको छ ।यस्तै नेविसंघले ३ सइ ८७ मत प्राप्त गरेको छ । अखिल क्रान्तिकारीले १ सय ९५ मत प्राप्त गरि तेस्रो स्थान रहेको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७९ चैत्र ६, सोमबार १०:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP