राजिव न्यौपाने , सूर्योदय : सूर्योदय नगरपालिका वाड न ३ मेहेलबोटेका सूर्यभक्त सापकोटा शिक्षामा अझै सुधार गर्ने अवसर बाँकी रहेको ठान्छन् । सापकोटा सहित स्थानीय शिक्षा सेवीहरु प्रत्येक बर्ष शिक्षा क्षेत्रको सुधारका लागि कहिले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण त कहिले शिक्षामा योगदान गर्नेको सम्मान गर्ने गरेका छन् ।
सापकोटा भन्छन् ‘यसले अरुलाई जाँगर र आफुलाई आत्मासन्तुष्टी मिल्ने रहेछ ।’ उनीहरु बर्षौ देखि विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने प्रयासमा विविध कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सापकोटाकै अगुवाइमा सूर्योदय नगरपालिका वाड न १ को हिमालय माध्यमिक विद्यालयमा स्थापना गरेको मेनुका स्मृति शैक्षिक विकास संस्थाले प्रत्येक बर्ष विद्यार्थी र शिक्षा सेवीहरुलाई प्रोत्सान गर्दछ ।
उन्तीस बर्षको उमेरमा जीवन गुमाएका दाजु मेनुका प्रसाद सापकोटाको सम्झनामा समाज सेवी सूर्य भक्त सापकोटाले स्थापना गरेको शैक्षिक विकास संस्थाले प्रत्येक बर्ष विद्यार्थी देखी शिक्षासेवी सम्मालाई सम्मान गर्दै आएको हो ।
संस्थाका संस्थापक सापकोटाले शिक्षाले नै समाजको मुहार फेर्नै भएकाले संस्थागत रुपमा शिक्षा क्षेत्रमा प्रोत्साहनको कार्यक्रम सञ्चालन गरेको बताए ।
पाँच हजार रुपयाँको अक्षयकोषबाट शुरू गरेको कोषमा अहिले दुई लाख पचास हजार माथी रकम जम्मा भएको छ । सापकोटा परिवारले यसलाई थप्दै लैजाने योजना बनाएका छन् । यस बर्ष सस्थाले गोर्खे २ का शिक्षा सेवी र विद्यार्थीका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको संस्थाका सचिव निधि पोख्रेलले बताए ।
सस्थाले बुधबार सूर्योदय नगरपालिकाको गोर्खेमा ४४ वर्ष शिक्षण गरेका डम्वर बहादुर भण्डारीलाई सम्मान ग¥यो । सोहि अवसरमा अन्तर आधारभुत विद्यालय हाजिरी जवाफ, नृत्य प्रतियोगिता, जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण समेत गरेको सचिव पोख्रेलले बताए ।
संस्थाका अध्यक्ष टीका प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सूर्याेदय नगरपालिका वाड न १ का वडा अध्यक्ष अध्यक्ष राजकुमार सेरेङले सस्थाले राखेको उदेश्यले विद्यार्थी र शिक्षा क्षेत्रमा काम गर्नेलाई उत्साह मिलेको बताए ।
सस्थाले ३३ बर्ष देखि अक्षय कोष स्थापना गरेर इलामका विभिन्न शैक्षिक संस्थाका विद्यार्थी र शिक्षकहरुलाई प्रोत्साहनका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । पाँच हजारबाट शुरु भएको सस्थाको कोषमा अहिले दुई लाख पचास हजार भन्दा बढि रकम जम्मा गरेका संस्थापक सुर्यभक्त सापकोटाले कोषलाई थप प्रभावकारी बनाउन प्रयास गरिरहेको बताए ।
सस्थाले अहिले सम्ममा ७ जनालाई सम्मान गरेको छ भने ७० भन्दा बढिलाई प्रोत्साहन वितरण गरेको छ । सूर्योदय नगरपालिका ३ को नर्वदाकल्याण बोडिङ स्कुलका प्रिन्सीपल सफल राईले संस्थाको कोषले जेहेन्दार र सहयोग आवश्यक पर्ने विद्यार्थीलाई प्रोत्सहान गरेको बताए ।
प्रतिक्रिया