इलाम वैशाख १ :
‘आशिष स्मृति पत्रकारिता पुरस्कार’बाट इलामका पत्रकार टीका खतिवडा पुरस्कृत भएका छन । नेपाल पत्रकार महासंघ इलामले स्थापना गरेको दश हजार रुपैयाँ राशिको पुरस्कार वितरण गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भुषण राई, प्रदेश अध्यक्ष लिला बल्लव घिमिरे र नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराईले दोसल्ला, प्रमाणपत्र र चेक हस्तान्तरण गरेका हुन ।२०६७ देखि सन्दकपुर दैनिकबाट पत्रकारितामा क्रियाशील खतिवडा राष्ट्रिय समाचार, कारोबार दैनिक, माउन्टेन टेलिभिजनलगायतमा आवद्ध छन् ।
रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको २०५९ साल वैसाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो । पत्रकारीता सुरु गरेको छोटो समयमा सकृय भई इलामको पत्रकारीतामा ख्याति कमाएका थिए । सन्दकपुर गाउँपालिकाकोे सुलुबुङ्गमा जन्मिएका राईको मृत्युपछि ‘आषिश स्मृति पत्रकारिता पुरस्कार’ कोष स्थापना गरी एक क्रियाशील पत्रकारलाई पुरस्कृत गरिदै आएको छ । नेपाल पत्रकार महासंघ इलाम शाखाले युवा पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा २०६० सालमा पुरस्कार कोष स्थापना गरिएको थियो । महासंघले हरेक वर्ष बैशाख १ गते इलामका क्रियाशील पत्रकारलाई पुरस्कार वितरण गर्दै आएको छ । यस पुरस्कारबाट इलामका पत्रकार बेनुपराज भट्टराई, राजु शिवा, भीम चापागाईं, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, नमीन ढकाल, गणेश घिमिरे, सुमन लावती, भगीरथ भण्डारी पुरस्कृत भैसकेका छन । पाँचथरका गणेश साङ्पाङ, झापाका मोहन काजी, रमेश समदर्शी, ताप्लेजुङ्गका आनन्द गौतम, सीता निरौला, चन्द्र पन्दाक समेत पुरस्कृत भैसकेका हुन ।
प्रतिक्रिया