इलाम , जेठ १३ । इलाममा बिहीबार ५५ जना कोरोना संक्रमित थपिएका छन् । इलाम नगरपालिकामा १०, सूर्योदयन गरपालिकामा ६, माईजोगमाई गाउँपालिकामा २०, माङ्सेबुङ गाउँपालिकामा ११, माई नगरपालिकामा २, चुलाचुली गाउँपालिका र फाकफोथुम गाउँपालिकामा ३/३ जना संक्रमित थपिएको जिल्ला प्रशासन कार्यलय इलामले जनाएको छ ।
जिल्लामा जम्मा संक्रमितको संख्या आठ सय २५ पुगेको छ । कोरोना संक्रमणको कारण एकैदिन ४ जनाको मृत्यु भएको छ । यो सगै जिल्लामा मृत्यु हुनेको संख्या २२ पुग्यो । हालसम्म ९७ जना निको भएका छ्न ।
प्रतिक्रिया