logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • म्याग्दीमा बाढीले बगाउँदा दुई बालिका बेपत्ता

    म्याग्दीमा बाढीले बगाउँदा दुई बालिका बेपत्ता

    बेनी । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित कोटखोलामा गए राति बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बेनी–९ की १० वर्षीया प्रविना परियार र बेनी–५ की छ वर्षीया अनुश्का परियार छन् ।

    बाढी बस्तीमा पस्दा बगरफाँटका दीपक जुग्जाली, पार्वती परियार र राममाया परियारको घरमा क्षति पुगेको छ । सो स्थानमा रहेको बुद्ध एकेडेमीको भवन र खेलमैदानमा समेत क्षति पुगको स्थानीयवासी चित्रबहादुर रिजालले जानकारी दिए । प्रहरी र स्थानीयबासीले बेपत्ता बालिकाको खोजी गरिरहेका छन् ।रासस



    निगरानी    
  • २०७६ आश्विन ५, आईतवार ०७:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP