logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • नेपाल नगरपालिका संघको प्रादेशिक सिकाई केन्द्र इलाममा स्थापना

    नेपाल नगरपालिका संघको प्रादेशिक सिकाई  केन्द्र इलाममा स्थापना


    इलाम, १४ माघः नेपाल नगरपालिका संघले इलाम नगरपालिकामा कोशी प्रादेशिक नगर अध्ययन केन्द्र स्थापना गरेको छ । आइतबार इलाम नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि केन्द्रको प्रारम्भ गरिएको इलाम नगरपालिकाका मेयर केदार थापाले बताउनु भएको छ । यो केन्द्र धरान उपमहानगरपालिका पछिको दोस्रो केन्द्र हो । कोशी प्रदेशमा रहेका ५० नगरपालिकाहरु मध्ये साबिक मेची अञ्चलको सबै र कोशी अञ्चलको तेह्रथुम जिल्लाको १६ वटा नगरपालिकाहरुको लागि यो सिकाई केन्द्र स्थापना गरिएको संघका केन्द्रीय अध्यक्ष भीमप्रसाद ढुंगानाले जानकारी दिनु भएको छ ।


    कोशी प्रदेशका नगरपालिकाहरुको संख्याको आधारमा पाँचथर, ताप्लेजुङ, इलाम, झापा र तेह्रथुम जिल्लाका नगरपालिकाहरुको लागि इलाममा नयाँ प्रादेशिक नगर अध्ययन केन्द्र स्थापना गरिएको र भविष्यमा संखुवासभा जिल्लाको नगरपालिकालाई पनि इलाम नगरपालिकाको सिकाई केन्द्रमा जोड्न पहल गरिने कार्यक्रममा जनाइएअको छ ।
    कार्यक्रममा संविधान विद् तथा प्रशासनिक विज्ञ काशीराज दहाल, कोशी प्रदेश नगरपालिका संघका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । इलाम नगरपालिकाका प्रमुख एवम नेपाल नगरपालिका संघका केन्द्रीय सदस्य केदार थापाले सिकाई केन्द्र स्थापना कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो ।



    निगरानी    
  • २०८१ माघ १४, सोमबार ११:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP