logo
  • २०८२ असार २५ | Wed, 09 Jul 2025
  • इलाममा आज स्ववियु निर्वाचन , दुई प्यानल चुनावी मैदानमा

    इलाममा आज स्ववियु  निर्वाचन , दुई प्यानल चुनावी मैदानमा

    इलाम ५ चैत : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नयाँ आज निर्वाचन हुँदैछ । इलाम स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरूको दुई वटा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएको छ ।
    दुई ठुला संगठन अनेरास्ववियु र नेपाल विद्यार्थी संघको संयुक्त प्यानल बनेको छ भने अनेरास्ववियु (क्रान्तिकारी)सहित साझा प्यानल बनेको छ ।    अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट अध्यक्षको उम्मेदवार अनेरास्ववियुका तर्फबाट विशाल कार्की छन ।
    सचिवमा रेखा बेघा (नेविसंघ) र कोषाध्यक्षमा सुनील शंकर (अनेरास्ववियु) उम्मेदवार छन् ।अनेरास्ववियु (क्रान्तिकारी)सहित साझा प्यानलबाट अध्यक्षमा अखिल क्रान्तिकारीका शम्भु राई उम्मेदवार छन । यस क्याम्पसमा एक हजार पाँच सय ७४ मतदाता रहेको निर्वाचन समितिले जनाएको छ ।
    इलामको ४ मध्ये ३ वटा क्याम्पसमा यस अघि नै नेतृत्व चयन भइसकेको छ । फाकफोकथुम गाउँपालिका स्थित एकतप्पा बहुुमुखी क्याम्पस, देउमाई नगरपालिका स्थित मंगलबारेमा बहुमुखी क्याम्पस र माई नगरपालिका स्थित गरुवा बहुमुखी क्याम्पसमा सर्वसम्मत भएको छ ।



    निगरानी    
  • २०८१ चैत्र ५, मंगलवार ०५:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP