सुनिता मगर , इलाम १३ जेठ :
नेपाल प्रेस युनियनको ३२ औँ स्थापना दिवसको अवसरमा इलाम शाखाले जिल्ला अस्पताल इलाममा रहेका बिरामीहरुलाई फलफूल बितरण गरेको छ । शनिबार बिहान अस्पतालमा उपचारार्थ रहेका विरामीहरुलाई स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरिएको जनाइएको छ ।
इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिथ्यता र नेपाल प्रेस युनियन इलाम अध्यक्ष सविता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा युनियन इलामका संस्थापक सचिव सोम सुसेली, पूर्व जिल्ला अध्यक्ष विजयशेखर भट्टराई , पुर्व उपाध्यक्ष सोनु मुखिया , जिल्ला अस्पताल इलामका अस्पताल व्यवस्थापक क्षितिज खतिवडा लगायत जिल्ला स्थित पत्रकारहरुको सहभागिता रहेको थियो ।
लोकतन्त्रबादी पत्रकारहरुको छाता संस्था नेपाल प्रेस युनियनको २०४८ सालमा स्थापना भएको हो । युनियनले पत्रकारको ट्रेड युनियन अधिकार , प्रेस स्वतन्त्रता , श्रमजिवि पत्रकारको अधिकार लगायतको क्षेत्रमा काम गदै आएको छ ।
प्रतिक्रिया