logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • भारतको नयाँ दिल्लीमा आतंककारी आक्रमणको चेतावनी

    भारतको नयाँ दिल्लीमा आतंककारी आक्रमणको चेतावनी

    काठमाडौं। पाकिस्तानको आतंककारी संगठनले भारतको राजधानी नयाँ दिल्लीमा आक्रमण गर्ने योजना बनाएको भारतीयले आशंका गरेको छ। भारतीय खुफिया एजेन्सीकाअनुसार पाकिस्तानी आतंकवादी संगठन जैश ए मोहम्मदले आक्रमणको तयारी गरेको हो।

    नयाँ दिल्लीमा चारदेखि पाँच आतंककारी रहेको भारतीय खुफिया एजेन्सीको आशंका छ। रिपोर्टअनुसार आतंककारीले रेलवे स्टेसन, बस बिसौनी र भीड हुने पसल क्षेत्रलाई निशाना बनाउन सक्ने दैनिक भास्करले जनाएको छ। सुरक्षालाई मध्यनजर गर्दै दिल्ली प्रहरीले बुधवार रातिबाट सुरक्षा व्यवस्था कडा पार्ने र केहीलाई नियन्त्रणमा लिएको उल्लेख गरिएको छ।

    अमेरिकाका सहायक रक्षामन्त्री रैंडल साइबरले यस मामलामा जम्मू कश्मीर विवाद दोषी रहेको बताएका छन्। उनले जम्मू कश्मीरमा भारतले ३७० अनुच्छेद हटाएकाले आतंककारी हमला हुन सक्ने बताएका हुन्। पाकिस्तानी आतंककारीलाई कसरी सामना गर्ने भन्ने विषय चिन्ताको विषय भएको उनले उल्लेख गरेका छन्।

    नरेन्द्र मोदीको सरकारले कश्मीरलाई विशेष राज्यको दर्जा व्यवस्था भएको संविधानको धारा ३७० लाई खारेज गर्नै जम्मू कश्मीरलाई दुई प्रदेश (जम्मू कश्मीर र लद्दाख) मा विभाजन गरेपछि विवाद चर्किदै आएको छ।



    निगरानी    
  • २०७६ आश्विन १६, बिहीबार ०८:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP