भान्छामा टाँगेको एउटा थोत्रो पेन्टिङको मूल्य ७५ करोड

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
भान्छामा टाँगेको एउटा थोत्रो पेन्टिङको मूल्य ७५ करोड

पेरिस। फ्रान्सको कम्पेनियन शहरमा एक वृद्ध महिलाले भान्छामा टाँगेको एउटा थोत्रो पेन्टिङको मूल्य ७५ करोड रुपैयाँ बराबरको भएको भेटिएको छ । महिलाले यो पेन्टिङलाई आफ्नो भान्छामा चुलोमाथि टाँगेकी थिइन् । यो चर्चित पेन्टिङ पेन्टर चिमाबुएको कृति भएको बताइएको छ । आगामी २७ अक्टोबरमा यसको लिलामी हुँदैछ ।

महिलाले बताएअनुसार उनी यसलाई साधारण पेन्टिङ मान्थिन् । परिवारले यसलाई धार्मिक प्रतीकको रुपमा घरमा राखेका थिए । महिलाले गत वर्ष घर बेच्न लाग्दा बल्ल यसको महत्व थाहा पाएकी थिइन् । घर खाली गर्नुभन्दा पहिले महिलाले घरका सामान बेच्नको लागि एक लिलामी विशेषज्ञलाई बोलाएकी थिइन् । उनले त्यो भेन्टिङ देखेपछि छक्क पर्दै महिलालाई यसबारे बताएका थिए ।

बीबीसीको समाचार अनुसार चर्चित पेन्टर चिमाबुएको यो पेन्टिङ १३ औं शताब्दीको हो । अहिले यसको मूल्य ६ मिलियन युरो (७४ करोड ८५ लाख नेपाली रुपैयाँ) पर्छ । चिमाबुएले इसा मसीहसँग सम्बन्धित ८ पेन्टिङ बनाएका थिए । यीमध्ये एउटा पेन्टिङ २० वर्ष पहिले लण्डनमा भेटिएको थियो । त्यतिबेला पनि एक लिलामी विशेषज्ञले त्यो पेन्टिङलाई चिनेका थिए । महिलालाई यो पेन्टिङ घरमा कसरी आयो भन्ने पनि थाहा छैन ।