logo
  • २०८३ जेष्ठ १७, आईतवार | Sun, 31 May 2026
  • आयोध्या विवादको सुनुवाई पूरा

    • निगरानी
    • २०७६ आश्विन ३०, बिहीबार ०३:१७ गते
    आयोध्या विवादको सुनुवाई पूरा

    एजेन्सी। राम मन्दिर–बाबरी मस्जिद विवादमाथि ४० दिनसम्म चलेको सुनुवाई बुधबार पूरा भएको छ। यो विषयमा भारतको सर्वोच्च अदालतले नोभेम्बरमा आफ्नो फैसला सुनाउने अनुमन गरिएको छ। किनभने प्रधानन्यायाधीश रञ्जन गोगोईले १७ नोभेम्बरमा अवकाश पाउँदैछन्।

    यो ऐतिहासिक फैसला हुनेछ। राजनीतिक रुपमा निकै संवेदनशील राम मन्दिर र बाबरी मस्जिदको जमीनको स्वामित्वमाथि विवाद छ।
    अन्तिम सुनुवाईका दिन पहिला प्रधानन्यायाधीश गोगोईले बुधबार साँझ पाँच बजेसम्म सुनुवाई पूरा हुने बताएका थिए। तर, बुधबार एक घण्टा पहिला नै सुनुवाई पूरा भएको घोषणा गरियो।

    साथै अदालतले दलिल बाँकी भए सम्बन्धित पक्षले तीन दिनभित्र लिखित रुपमा दिन सक्ने जनाएको छ।  सर्वोच्च अदालतले बुधबार १६ अक्टोबर साँझ एक विज्ञप्ति जारी गर्दै भनेको छ–१७ तारिखमा अयोध्या मामिलाको सुनुवाई गरिरहेका पाँच न्यायाधीशको संवैधानिक पीठका सबै सदस्य चेम्बरमा बस्छन्।’

    वरिष्ठ पत्रकार सुत्रि मोहंतीका अनुसार उक्त चेम्बरमा के हुन्छ भन्ने अहिलेसम्म स्पष्ट छैन। यद्यपी १७ नोभेम्बरमा अवकाश पाउने प्रधानन्यायाधीशले यसको फैसला नोभेम्बरमा नै गर्ने अनुमान गरिएको छ।



    निगरानी    
  • २०७६ आश्विन ३०, बिहीबार ०३:१७ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP