हलिउड फिल्म ‘जोकर’ का अभिनेता वाकिन फिनिक्स दुर्घटनामा परेका छन् ।

अमेरिका / विश्वव्यापी चर्चामा रहेको हलिउड फिल्म ‘जोकर’ का अभिनेता वाकिन फिनिक्स दुर्घटनामा परेका छन् । उनी अमेरिकाको लस एन्जेलसमा दुर्घटनामा परेका हुन् । दुर्घटनामा परे पनि उनलाई कुनै चोट भने लागेको छैन ।

आफ्नो गाडी पार्किङबाट निकाल्ने क्रममा उनी दुर्घटनामा परेको समाचार माध्यमले जनाएका छन्, उनको गाडी फायर डिपार्टमेन्टको ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा परेर फिनिक्सको कारमा भने चोट पुगेको छ । उनको कारको केही भाग टुटेको छ । फिनिक्सले यसलाई सामान्य रुपमा लिएका छन् भने जरिवाना पनि भर्न लगाएका छैनन् ।