logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • पशुपतिनगरमा १५ शैयाको क्वारेन्टाइन

    पशुपतिनगरमा १५ शैयाको क्वारेन्टाइन

    कोरोना भाइरसको प्रकोप रोकथाम र नियन्त्रण गर्ने भन्दै सूर्योदय नगरपालिकाले उच्च सर्तकता अपनाउँदै आएको छ । सूर्योदयले पशुपतिनगरमा रहेको पूरानो स्वास्थ्यको भवनमा १५ शैयाको क्वारेन्टाइन स्थापना गर्ने भएको छ । यस्तै २४ सै घण्टा टोल फ्रि नम्वर पनि सुचारु गरेको छ । कोरोनाको संक्रमण भएको जस्तो महसुस भएमा १६६०२७५२२२२ नम्बरको टोल फ्रि मा सम्पर्क गर्न सुझाएको छ ।

    यस्तै नगरपालिकाले नगरवासीको तुरून्तै समस्या बुझ्न र कार्यन्वयन गर्न विपुल अधिकारीलाई फोकस ब्यक्तिको रुपमा राखेको छ । यसैगरी नगरपालिकाभित्र रहेका एम्वुलेन्सहरूलाई तयारी अवस्थामा राख्ने र चालकहरूको स्वास्थ्यको निम्ति पोशाकको व्यवस्थापन गर्ने नगरपालिकाका मेयर रणबहादुर राईले बताउनुभयो । आवश्यक उपचारका सामाग्री खरिद गर्ने, प्रदेश र संघीय सरकारलाई अत्यावश्यक र बजारमा अभाप भएका बस्तुहरू माग गर्ने पनि नगरपालिकाले जनाएको छ ।

    कोरोना भाइरसको सम्भावित जोखिमको पूर्व तयारीको निम्ति सार्वजनिक र संस्थागत विद्यालयहरूको वास्ताविक पूर्वाधारको विवरण तयारी गर्ने र सरकारी निकाय, प्रदेश, संघीय र सम्पूर्ण सरोकारवालाहरू सित समन्वय गरेर अघि बढ्ने बताइएको छ ।



    निगरानी संवाददाता    
  • २०७६ चैत्र ११, मंगलवार १२:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP