‘रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार २०७९’ सुसेलीलाई प्रदान गरिने

‘रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार २०७९’ सुसेलीलाई प्रदान गरिने


इलाम ,फागुन १८ : प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय रामप्रसाद दुलालको स्मृतिमा स्थापित ‘रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार २०७९’ इलामका पत्रकार सुसेलीलाई प्रदान गरिने भएको छ । नेपाल प्रेस युनियनको े बैठकले सुसेलीलाई दिइने निर्णय गरेको प्रेस युनियन इलामले जनाएको छ । पुरस्कार आगामी चैत्र महिनामा वितरण गरिने छ ।
नेपाल प्रेस युनियन इलाम शाखाले स्थापना गरेको उक्त पुरस्कार २० हजार रुपैयाँ राशिको रहेको छ । यो पत्रकारिता पुरस्कार जिल्लाकै सर्वाधिक राशीको पुरस्कार हो । सुसेली तीन दशकदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । नेपाल प्रेस युनियन इलामका संस्थापक सचिव सुसेलीले २०४६ सालमा साप्ताहिक बिचारदेखी पत्रकारिता सुरु गर्नु भएको थियो । गोरखापत्र दैनिक, न्युज २४, एभिन्युज टेलिभिजन, इमेज टेलिभिजन लगायतका सञ्चार माध्यममा इलाम सम्वादाताको रुपमा समेत काम गरिसक्नु भएको छ । नेपाल पत्रकार महासंघ प्रदेशका समितिका निर्वतमान उपाध्यक्ष रहनु भएका सुसेलीले नेपाल पत्रकार महासंघ इलाम शाखाको दुई पटक अध्यक्ष भइसक्नु भएको छ । हाल इलामबाट सञ्चालन भइरहेको रेडियो नेपालवाणी एफएमको स्टेसन मेनेजर हुनुहुन्छ भने इलामबाट दैैनिक रुपमा प्रकाशित इलाम एक्सप्रेस दैनिक समेत सञ्चालन गरीरहनु भएको छ । कृषि , पर्यटन , शिक्षा लगायत आम चासो र सरोकारका मुद्धाहरुमा केन्दि«त रही पत्रकारीता गर्दै आउनु भएको छ ।
हरेक वर्ष प्रदान गरिने पुरस्कार निरन्तरता दिन दुलाल परिवारले प्रकृया अन्तिम चरणमा पुर्याएको जनाइएको छ । दुलाल परिवारले प्रतिष्ठान नै निर्माण गरेर कोष स्थापना गरी पुरस्कार लगायत अन्य कार्यक्रम संचालन गर्ने तयारी गरीरहेको छ । समाज विकासमा दुलालले पु¥याउनु भएको योगदानलाई जीवन्त राख्नको लागि पत्रकारिता पुरस्कार स्थापना गरिएको प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य तथा स्वर्गीय दुलालका नाति माधव प्रसाद चम्लागाईंले बताउनु भयो । दुलालले प्रजातान्त्रिक आन्दोलनका विभिन्न आन्दोलनमा भाग लिनु भएका रामप्रसाद दुलालले जिल्लाको विकास निमार्ण , शिक्षा र कृषिको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउनु भएको थियो ।इलाम जिल्लामा प्रजातान्त्रिक विचारधारा स्थापित गराउन क्रियाशील रहेर दुलाल समाजसेवामा समेत कहलिएका व्यक्ति हुनुहुन्छ । समाजसेवामा अग्रसर स्वर्गीय दुलाललाई ‘जिल्ला बा’ को उपनामले समेत चिनिने गरेको छ । शिक्षा , पर्यटन कृषि लगायतका विषयमा कलम चलाउने इलामका अग्रज पत्रकारलाई सो पुरस्कार प्रदान गरिदै आएको नेपाल प्रेस युनियन इलामले जनाएको छ ।यस पुरस्कारबाट यसअघि विजयशेखर भट्टराई पुरस्कृत हुनु भएको थियो ।