इलाम बैशाख १८: इलाम प्रतिनिधि सभा क्षेत्र न २ मा नेकपा एमालेका सुहाङ नेम्वाङलाई बिजय गराएकोमा मतदातालाई धन्यवाद दिदै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुहाङको जिम्मा आफुले लिने बताउनु भयो । नेकपा एमाले इलामले आज इलाम बजारमा आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुहाङले राम्रो कार्यक्रम गर्नु हुन्छ नराम्रो काम गर्नु हुदैन त्यसको जिम्मा आफू लिने बताउनु भयो ।
राजनीति भनेको के हो त्यो एमाले संग मात्र रहेको भन्दै , अर्थ नीति , विदेश नीति , सुशासन निति , विकास निति एमाले सग मात्र रहेको दाबी गर्नु भयो । अर्को प्रसङमा ‘सबैको पहिचान ‘नेपाली भएको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ । अध्यक्ष ओलीले ब्यक्तिगत पहिचान बनाउन खोजे ब्यक्तिगत पहिचानले कोही सफल नहुने बताउनु भयो । प्रदेशको नाम पहिचानको कुरा नभएको भन्दै उहाँले धेरै प्रदेशको नामलाई पहिचान जोडेर संबेदनसिल बनाउन आवश्यक नभएको बताउनु भयो ।
नेकपा एमालेका उम्मेद्बार २७ हजार ७७२ मत ल्याएर विजयी हुनु भएको हो । नेम्बाङले ५ हजार ८३० मतान्तरसहित बिजयी हुनुभएको हो । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याइनु भयो ।
प्रतिक्रिया