सविता पाण्डे , इलाम ,मंसिर २२: इलाममा आजदेखी सुरु भएको ‘दोस्रो इलाम गोल्ड कप’मा आयोजक रेड हर्ष बिजयी भएको छ । शनिवार भएको उद्घाटन खेलमा रेड हर्ष फुटबल क्लबले र संकटा फुटबल क्लबलाई टाईबेकरमा ४-३ ले पराजित गरेको हो । खेलको निर्धारित समयमा गोलरहित बराबर भएपछि खेल टाईबेकरमा धकेलिएको थियो । संकटाका युवराज ढकालको प्रहार पोस्ट बाहिर गयो भने कृपाकान्तको प्रहार विवेकले रोके रोकेका हुन ।
आजको खेलमा ‘ म्यान अफ द म्याच’ रेड हर्षका गोलकिपर विवेक मगर घोषित भए उनले नगद ८ हजार एकसय प्राप्त गरे।
आइतबार न्यु रोड काठमाडौँ र जिटिए दार्जिलिङबिच हुने छ । आठ टिम सहभागी प्रतियोगिता २९ सम्म सञ्चालन हुने छ । गोल्ड कपमा डिफेन्डिङ च्याम्पियन न्युुरोड टिम, सङ्कटा क्लब, त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, भारत दार्जिलिङको जिटिए र आयोजक रेड हर्ष सहभागी छन । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् ।
प्रतिक्रिया