logo
  • २०८१ चैत्र ७ | Thu, 20 Mar 2025
  • महरा काण्ड : रोशनी शाही र उनका श्रीमानबीच डिभोर्स

    महरा काण्ड : रोशनी शाही र उनका श्रीमानबीच डिभोर्स

    काठमाडौं।सभामुख कृष्ण बहादुर महराले आफूलाई यौन दुर्व्यवहार गरेको भनेर चर्चामा आएकी रोशनी शाही र उनका श्रीमानबीच डिभोर्स हुने भएको छ ।  शाही र उनका श्रीमान चित्रजंग शाहीले २८ वर्षको वैवाहिक सम्बन्धलाई आफूहरुले टुंग्याउने निर्णय गरेको बताएका छन् ।

     ‘थुप्रै उचारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति–असन्तुष्टि आउँदारहेछन् । तथापि खुसी साथ अलग अलग बस्ने निर्णय गरेका छौं’ उनीहरु दुबैले हस्ताक्षर गरेर सार्वजनिक गरेको पत्रमा भनिएको छ । 

    अहिले अलग हुने निणर्य भएको भएपनि कानुनी प्रक्रिया भने सुरु भइसकेको छैन। 

    रोशनी शाहीले आफूमाथि महराले बलात्कार गरेको भन्दै मिडियामार्फत सार्वजनिक गरेकी थिइन् । तर, फेरि आफ्नै आरोपको खण्डन हुने गरी महरा आफ्नो बाबुसमानको व्यक्रि भएको भन्दै कुनै बलात्कार नभएको दाबी गरेकी थिइन् । रोशनी बुधबारमात्रै आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन समेत दर्ता गराएकी छिन् । 
    उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् । 

    आफू डिप्रेशनको बिरामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दुव्र्यवहार नगरेको तथा समाचार कसरी बाहिरियो भन्नेबारे समेत थाहा नभएको व्यहोरा निवेदनमा उल्लेख गरेकी छिन् । उनले महरामाथि लागेको आरोप झूटो भएको समेत दाबी गरेकी छिन् । 

    संसद सचिवालयमा कार्यरत उनको सुरुको बयानको आधारमा समाचार बाहिरिएपछि महराले भने नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् । उनको राजीनामा बुधबार स्वीकृत पनि भइसकेको छ ।



    निगरानी    
  • २०७६ आश्विन १६, बिहीबार ०९:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP