logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • कश्मीर भिडन्तमा ज्यान गुमाएका गमिल श्रेष्ठको भारतमै अन्तेष्टि

    कश्मीर भिडन्तमा ज्यान गुमाएका गमिल श्रेष्ठको भारतमै अन्तेष्टि

    काठमाडौँ / भारत–पाकिस्तान सीमा क्षेत्रमा पाकिस्तानी सैनिकसँगको भिडन्तमा गत शनिबार राति ज्यान गुमाएका पाल्पाको रामपुर नगरपालिका–४, सतवर्तका २१ वर्षीय गमिल श्रेष्ठको अन्त्येष्टि भारतमै गरिएको छ ।

    छिमेकी कृष्णप्रसाद आचार्यका अनुसार श्रेष्ठको काजकिरिया उनका ९७ वर्षीय हजुरबुवाले गर्दैछन् । गमिलका हजुरबुवा र हजुरआमा जीवितै भएका कारण उनका बाबुले काजकिरिया गर्न नमिल्ने भएकाले हजुबुवाले यो उमेरमा नातिको किरिया गर्नुपरेको हो ।

    गमिलका बाबु रुद्रनारायण श्रेष्ठ र दाजु गणेश श्रेष्ठ गमिलको अन्त्येष्टिमा सामेल हुन भन्दै भारत पुगेका थिए । भारतीय सेनाले बनारसको काशीघाटमा गमिलको दाहसंस्कार गरेको हो ।



    निगरानी    
  • २०७६ कार्तिक ८, शुक्रबार ०६:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP