logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • काम गरिरहेकै अवस्थामा कुवेतमा एक नेपालीको मृत्यु

    काम गरिरहेकै अवस्थामा कुवेतमा एक नेपालीको मृत्यु

    कुवेत। काम गरिरहेकै अवस्थामा कुवेतमा एक नेपालीको ज्यान गएको छ । भोजपुरका ३९ वर्षीय पदम बहादुर मगर गत बुधवार दिउँसो आफू कार्यरत  कम्पनीको कार्यस्थलमा मृत अवस्थामा भेटिएका हुन्।

    रोजगारीका लागि ६ महिना अघिमात्रै कुवेत आएका मगर आरआईसी कुलेक्स कम्पनीमा कार्यरत थिए।बुधवार दिउँसोको डिउटीमा रहेका मगर काम सकेर कोठामा आएका थिएनन् । कामबाट सधै फर्कने समयमा नर्फकेपछि खोजी गर्दा उनी कम्पनीको कार्यस्थलमा भुँईमै लडेको अवस्थामा भेटिएका थिए।

    उनको मृत्युको कारण खुल्न सकेको छैन। घटनाको कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । मृतक मगरको शव पोस्टमार्टका लागि अस्पतालमा राखिएको छ।घटनाबारे जानकरी पाए लगत्ते कुवेतमा रहेको नेपाली दूतावासले आवश्यक प्रक्रिया अगाडि बढाएको बताएको छ।



    निगरानी    
  • २०७६ कार्तिक १०, आईतवार १०:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP