logo
  • २०८३ बैशाख ९, बुधबार | Wed, 22 Apr 2026
  • दुर्गा भवानीका विभिन्न ९ स्वरुपहरुको पूजाआरधना दशैं भर

    • निगरानी
    • २०७६ आश्विन २१, मंगलवार ००:४६ गते
    दुर्गा भवानीका विभिन्न ९ स्वरुपहरुको पूजाआरधना दशैं भर

    दशैं अवधिभर दुर्गा भवानीका विभिन्न ९ स्वरुपहरुको पूजाआरधना गरिन्छ । महाकालीको पूजा र मन्त्र जप गर्ने तरिका बारे तपाईलाई थाहा नहुन सक्छ । पूजा विधि र मन्त्रको बारेमा केही जानकारी यहाँ प्रस्तुत गरिएको छ ।

    माता कालीको साधना सन्यासी र तान्त्रिकहरु पनि गर्ने गर्छन् । माता कालीका भक्त मान्ने गर्छन् कि माता काली कालको संम्हार गर्ने र मोक्ष प्रदान गर्ने गर्छिन् ।

    महाकालीको उपसनाको लागि उनको तस्बिर वा मूर्तिमा स्वच्छ र पवित्र स्थानमा राख्ने र पानीले पखालेर मूर्तिमा तिलको टिका लगाउने र फूल चढाउने । १०८ पटक ऊं क्रीं कालिकायै नमः और ऊं कपालिन्यै नमः भनेर मन्त्र उच्चारण गर्ने । आफ्नो श्रद्धा र भक्तिको अनुसार भोग चढाउनुहोस् ।

    महाकालीको पूजाबाट तुरुन्त लाभ मिल्ने विश्वास गरिन्छ । कालीको साधना र उपसनालाई निकै प्रभावशाली मानिन्छ । माता कालीको पूजा आरधनाबाट तुरुन्तै परिणाम दिने विश्वास गरिन्छ ।

    माता कालीपति विश्वास र श्रद्धा गर्नेको जीवन निकै सुखमय हुने विश्वास गरिन्छ ।



    निगरानी    
  • २०७६ आश्विन २१, मंगलवार ००:४६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP