logo
  • २०८१ माघ ९ | Wed, 22 Jan 2025
  • जिग्री र पाँडेविरुद्ध प्रहरीमा उजुरी

    जिग्री र पाँडेविरुद्ध प्रहरीमा उजुरी

    काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफ्ना क्यारेक्टरहरुको नक्कल गरेको भन्दै मिडिया हबले उजुरी दिएको काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबीन्द्र बोगटीले पुष्टि गरे ।

    आफ्ना क्यारेक्टरहरुको नक्कल गरेको भन्दै मिडिया हबले अर्जुन घिमिरे र कुमार कट्टेललगायतका नाममा उजुरी दर्ता गरेको छ । अहिले हामीले दुइटै पक्षलाई छलफलका लागि बोलाएका छौं ।’

    उजुरीमा जिग्री, पाँडे, बले कक्रोचलगायतका पात्र सबै मिडिया हबले उत्पादन गरेकाले ती पात्र अन्य टेलिश्रृंखलामा प्रयोग नगरियोस् भन्ने माग राखिएको छ । तर, मिडिया हबले आर्थिक क्षतिपूर्तिको भने माग गरेको छैन ।

    यसअघि टेलिश्रृंखला ‘भद्रगोल’मा काम गरिरहेका जिग्री–पाँडेको समूहले नयाँ टेलिश्रृंखला ‘सक्किगोनी’ निर्माण गर्न शुरु गरेको छ । जसमा टेलिश्रृंखला ‘भद्रगोल’कै पात्रलाई उतारिएको छ । भने यता मिडिया हबले पनि टेलिश्रृंखला ‘भद्रगोल’को नेपाल टेलिभिजनबाट नियमित प्रशारण जारी राखेको छ ।‘भद्रगोल’का पात्रहरु ‘सक्किगोनी’मा उतारेपछि ‘भद्रगोल’को लोकप्रियता ह्वात्तै घटेको छ । यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्रीको) समूहलाई बोलाएको छ ।



    निगरानी    
  • २०७६ कार्तिक ३, आईतवार १०:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP