logo
  • २०८१ चैत्र १४ | Thu, 27 Mar 2025
  • भक्तपुरको गुण्डुमा पाथिभरा माताको मन्दिर, सेयर गर्नुहाेस् पुरा हुनेछ मनाेकामना

    भक्तपुरको गुण्डुमा पाथिभरा माताको मन्दिर, सेयर गर्नुहाेस् पुरा हुनेछ मनाेकामना

    भक्तपुर / भक्तपुरको सूर्यविनायक नगरपालिका गुण्डुमा आज पाथिभरा माताको मन्दिर स्थापना गरिएको छ । गुण्डुको पाँच रोपनी क्षेत्रफलमा प्रसिद्ध पाथिभरा माताको ३५० केजीको अष्ट धातुबाट निर्माण गरिएको मन्दिरको आज प्राणप्रतिष्ठा गरिएको हो ।

    पाँच महीना लगाएर रु ११ लाखमा निर्माण गरिएको पाथिभराको मन्दिरको निर्माणसँगै भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि हुने आयोजकले जनाएका छन् ।

    मन्दिर निर्माणका लागि श्रीमद्देवी भागवत ज्ञान महायज्ञको समेत आयोजना गरिएको छ । पण्डितहरुले पाथिभरा वैष्णोदेवी मन्दिरको प्राणप्रतिष्ठा गर्नुभएको थियो । सांसद महेश बस्नेतले मन्दिरको उद्घाटन गर्नुभयो ।



    निगरानी    
  • २०७६ आश्विन २४, शुक्रबार २३:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP