सरकारी ड्राइभर पनि नियम तोड्छन्, गृह मन्त्रालयका चालकलाई नियम पढाइयो

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले गृह मन्त्रालयका ३५ जना सवारी चालक तथा अन्य ईच्छुक व्यक्तिहरूलाई ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा दिएको छ ।मन्त्रालयको सभाहलमा भेला भएका चालकहरूलाई गएको शुक्रबार ट्राफिक नियम, कानुनी ज्ञान र मानवीय संबेदनाबारे कक्षा दिइएको हो ।

केही चालकहरुले विगतको समयमा ट्राफिक नियमको उल्लङ्घन गरेको देखिएकाले त्यसलाई सुधार गर्न सचेतना कक्षा दिइएको महाशाखाले जनाएको छ ।सचेतना कक्षामा बोल्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले ट्राफिक व्यवस्थापन राम्रो बनाउन प्रत्येक व्यक्तिले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्ने बताए । साथै उनले यस्तो सचेतना कक्षा निरन्तर सञ्चालन भई अन्य सम्पूर्ण मन्त्रालयका सवारी चालकहरूलाई पनि दिने जानकारी गराए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले महाशाखाको नेतृत्व सम्हालेपछि ७ वटा प्राथमिकताका योजना सार्वजनिक गरेका थिए ।त्यसमध्ये ट्राफिक नियमको पालना गर्ने कुरालाई आम नागरिककै चाहनाको रुपमा लैजान ट्राफिक अनुशिक्षण र जनचेतनामा विशिष्टिकरण गरिने पनि थियो ।