logo
  • २०८३ बैशाख ९, बुधबार | Wed, 22 Apr 2026
  • राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

    • निगरानी
    • २०७६ कार्तिक ११, सोमबार ०४:२८ गते
    राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

    काठमाडौं । यस पटकको तिहालमा राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । गृह मन्त्रालयले विज्ञप्ती जारी गर्दै तिहारमा राती १० बजेसम्म मात्रै देउसी तथा भैलोजस्ता विभिन्न सांस्कृतिक कार्यक्रमहरू खेल्न अनुरोध गरेको हो । शान्ति सुरक्षालाई लक्षित गरी रातको १० बजेसम्म मात्रै त्यस्ता कार्यक्रमहरू खेल्न मन्त्रालयले अनुरोध गरेको विज्ञप्तीमा उल्लेख छ ।

    त्यस्तै, तिहार र छटजस्ता पर्वमा पटका तथा आतिसवाजीजस्ता प्रज्वलनशील पदार्थ प्रयोममा समेत मन्त्रालयले रोक लगाएको छ । साथै त्यस्ता बस्तु बिक्री तथा ओसारपसारमा समेत रोक लगाइएको मन्त्रालयले जानकारी दिएको छ ।



    निगरानी    
  • २०७६ कार्तिक ११, सोमबार ०४:२८ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP