काँग्रेस युवा नेता गगन थापा अध्ययनका लागि सिंगापुर गए

काठमाडौं– काँग्रेस युवा नेता गगन थापा अध्ययनका लागि सिंगापुर गएका छन् ।

सिंगापुरस्थित ननयाङ टेक्नोलोजिकल युनिभर्सिटीमा उनले यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सूचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्ने जनाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘वर्ल्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा फेरि विद्यार्थी हुने मौका मिल्यो ।

यसअघि थापा अमेरिकास्थित हार्वड विश्वविद्यालयमा दुई साताको अध्ययनका लागि अमेरिका गएका थिए ।

यसैबीच, सिंगापुर गएका गगनथापाले सिंगापुरमै रहेकी बहिनी निर्मला नकर्मी चानसँग भाइटीका लगाएका छन् । उलेन फेसबुकमा लेखेका छन्-

कस्तो सुखद संयोग!! अध्ययनको लागि सिगांपुरमा आउँदा पनि भाइटीका छुटेन। यही बसोबास गरेर बसेकी बहिनी निर्मला नकर्मी चान संग भाइटिका । ३० वर्ष देखि भाइटिका लगाइरहेको बहिनीसँग आज भने सिगांपुरे तरिकामा भाइटिका !!