जनता भेट्दै इलामका मेयर

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
जनता भेट्दै इलामका मेयर


इलाम नगरपालिकाकाले गरी रहेको काम कार्वाही बारे इलामबासीले जनप्रतिनिधी सँग गुनासो र सुझाव दिइरहेका छन । सडक , विद्युत , खानेपानी , कृषि ,शिक्षा स्वास्थ्य , कर जस्ता विषयमा जनताले गुनासो गरेका छन । महिला , युवा , अपाङ्ग लक्षित कार्यक्रममा चासो र सुझाव दिएका छन । चुनावी एजेन्डा र घोषणा पत्रमा उल्लेख भएका कुरा पुरा नभएको भन्दै नगरबासीले गुनासो गरेका छन । नगरपालिकाले संचालन गरेको ‘जनता सँग मेयर ’ कार्यक्रम मार्फत नगरबासीले गुनासो पोखीरहेका छन ।
जनताका सुझाव र गुनासो सुन्न इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत जनता सँग प्रत्यक्ष सम्बाद गरीरहनु भएको छ । जनचाहाना बुझ्न नगरका वडाहरुमा पुगेर जनताका सवालहरुमा सम्बोधन गरी रहनु भएको छ ।
नगरबासीका सुझाबहरुलाई मनन गर्ने र नगरको कार्यमा अनुबाद गर्ने प्रमुख बस्नेतले प्रतिबद्धता जनाउदै आउनु भएको छ । इलाम नगरपालिकाको समृद्धिका लागि ,विकासको लागि जनताको विचारलाई स्रोतको रुपमा लिएको उहाँले बताउनु भयो । नगरबासीले नबुझेका कुराहरु प्रस्ट पार्न खोजिएको र नगरपालिकाले गरेको काम जनतासामु ल्याउन खोजेको बताउनु भयो । भोलिका दिनमा जनताका कुराहरु कार्यन्वय गर्न सकिने भए कार्यन्वय गदै लैजाने बताउनु भयो ।

गुनासो सुनाउदै नगरबासी


विगतका वर्षमा जस्तै यस वर्ष पनि जनता भेट्न नगरका सबै वडाहरुमा पुगीरहेका नगर प्रवक्ता तथा वडाध्यक्ष ठाकुर श्रेष्ठले बताउनु भयोे । नगरले गरेका कार्य , गतिविधी के कस्ता भइरहेका छन भनेर जानकारी गराउन जनता भेट्ने कार्यक्रम राखिएको श्रेष्ठले बताउनु भयो ।
प्रवक्ता श्रेष्ठले जनप्रतिनिधी र जनताबीचको दुरी नजीक हुने र सम्बन्ध प्रगाढ बनाउदै नगरलाई समृद्ध कसरी बनाउन सकिन्छ ? कसरी विकास गर्न सकिन्छ ? त्यको लागि जनताको राय सुझाव लिदै नगरपालिका अगाडि बढ्ने बताउनु भयो ।

गुनासो सुनाउदै नगरबासी

जनताबाट आएका सुझाव संकलन गरी धेरै कार्यक्रमहरु पुर्नविचार गरिने श्रेष्ठको भनाइ छ । नगरपालिकाको १२ वटै वडामा पुगी जनताको राय सुझाव र अपेक्षा सुन्ने जनाएको छ । पहिलो चरणमा १, २ ,३ ,४, ५ र ७ वडामा कार्यक्रम संचालन भएका छन । पहिलो चरणको कार्यक्रम शुक्रबार सकिएको छ भने बाँकी रहेका वडामा दोस्रो चरणमा कार्यक्रम गरीने जनाइएको छ ।