इलाममा ८ जनामा कोरोना संक्रमण

Share This
  •  
  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares
इलाममा ८ जनामा कोरोना संक्रमण

इलाम , असार १४

इलामको माई नगरपालिकामा आइतबार एकजनामा कोरोना पोजेटिभ देखिएको छ । भारतको गुजरातबाट आएका माईनगरपालिका -३बरपानीका २५ बर्षिय युवामा कोरोना पुष्टी भएको स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिनु भयो ।

गत असार ४ गते भारतको गुजरातबाट आएका उनको असार ९ गते पिसिआर परिक्षण गरिएको थियो । गरुवा बहुमुखि क्याम्पस माईमा रहेका १४ जना र फ्रन्ट लाईनका २४ जना गरी ३८ जनाको पिसिआर परिक्षण गरिएकोमा ३७ जनाको नेगेटिभ आएको थियो भने एक जनाको पोजेटिभ रिर्पोट आएको छ ।

कोरोना संक्रमीत युवालाई मोरङ जिल्ला गोठगाँउको पुर्वाञ्चल विश्वविद्यालयमा रहेको कोरोना अस्पताल लगिएको छ । 

यसअघि इलाममा ७ जनामा कोरोना संक्रमण भेटिएको थियो । यो सगै जिल्लामा संक्रमितको संख्या ८ पुगेको छ ।