फिक्कल । इलामको सूर्योदय नगरपालिकामा नेपाल व्यापारिक तथा सम्बद्ध श्रमिक संघ सूर्योदय नगर समिति गठन गरिएको छ । नेपाल ट्रेड युनियन काँग्रेस अन्तर्गतको उक्त श्रमिक संघ वडा नं ७ को सभाहलमा विहीबार गठन गरिएको हो ।
लेखनाथ निरौलाको अध्यक्षतामा गठित १७ सदसिय कार्य समितिको उपाध्यक्षमा एल वि राई , महिला उपाध्यक्ष झुमा कटुवाल , कोषाध्यक्ष मिलन कुमार राई , सचिव टिका गुरुङ र सह सचिवमा सरिता राई रहेका छन । त्यसैगरि सदस्यहरुमा गणेश न्यौपाने, दुर्गा खड्का, बालकृष्ण कटुवाल, पूर्णमाया कटुवाल, टिका खत्री, नारायण कटुवाल, विमल आचार्य, द्धारिका पोख्रेल, रत्न तामाङ, दुर्गा कटुवाल रहेका छन । पर्यटकिय क्षेत्र कन्याममा ट्रलि ब्यवसाय संचालन गरिरहेका ब्यवसायिहरुलाई संगठन गर्ने उद्धेश्यले समिति गठन गरिएको हो । उक्त समितिमा सूर्योदय नगरपालिका वडा नं ५, ६, ७, ८, र १० का ब्यवसायिहरु रहेको र वाँकी वडाका ब्यवसायिहरुलाई आगामि भेलाले पूर्णता दिने ट्रेड युनियन नगर सहसचिव दिनेश महतले जानकारी दिए । ट्रेड युनियन नगर अध्यक्ष तोयानाथ भट्टराई र सह सचिव महतको सहजिकरणमा समिति गठन गरिएको हो । भेला ट्रेड युनियन काङ्ग्रेस वडा नं ७ का अध्यक्ष गजबहादुर घलेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया