इलामका युवाले बनाए अस्पतालमा कामलाग्ने ‘रोवर्ट’

इलामका युवाले बनाए अस्पतालमा कामलाग्ने ‘रोवर्ट’

इलाम: अस्पतालमा औषधी सहित अन्य सामग्री ओसार्ने प्रयोजनका लागि इलामका युवाहरुले निर्माण गरेको मानव निर्मित यन्त (रोबर्ट) को प्रदर्शन गरिएको छ । बिशेष गरेर अस्पतालमा प्रयोग गर्ने गरि मानव निर्मित यन्त्र निर्माण गरिएको हो ।

कोरोनाका कारण बिरामीलाई औषधि दिन डाक्टर तथा नर्सहरु डराईरहेको अवस्थामा रोवर्बले नै औषधि पुर्याउन सहयोग गर्ने रोबर्ट आबिस्कार नबिन फुयालले जानकारी दिए । उनका अनुसार करिव डेढ महिना लगाएर निर्माण गरेको रोबर्ट अस्पतालमा नै प्रयोग गर्न निर्माण गरिएको हो । रिमोर्ड कन्ट्रोलको माध्यमबाट कुन बेडमा कुन औषधि लैजानु पर्ने, कति पटक औषधि सेवन गरेको भन्ने लगायतको जानकारी सोहि रोबर्ट मार्फत प्राप्त हुने उनले बताए । सिसि क्यामेरा प्रयोग गरिएकाले पनि रोबर्टबाट धेरै कुराको जानकारी लिन सकिने बताइएको छ ।

इलामका नबिन फुयाल, सुलभ सुवेदी, रिकेश भट्टराई, पवन चापागाइँ, अभिनेश सुवेदीले सो रोबर्टको निर्माण गरेका हुन् । रिमोर्डको माध्यमबाट मानिसको आवाज सहजै रोबर्टले सुन्ने र काम गर्ने जनाइएको छ । साथै रोबर्ट मार्फत समेत आवाज आउने भएकाले बिरामीले समेत सहजै रोबर्टलाई पयोग गर्न सक्ने जनाइएको छ । रोबर्टको सुरुवाती अवस्थामा नै भएकाले करिव १ लाख १० हजार खर्च भएको छ । रोबर्ट निर्माणका लागि इलामका समाजसेवी डम्बर खड्काले एक लाख सहयोग गरेका हुन ।