logo
  • २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • तीन दिने उद्घोषण तालीम सम्पन्न

    तीन दिने उद्घोषण तालीम सम्पन्न

    तीन दिने उद्घोषण तालीम इलाम नगरपालिका १२ साङ्गरुम्बामा सम्पन्न भएको छ । वडा स्तरीय महिला समन्वय समितिले आयोजना गरेको तालीममा वडाका स्थानीय महिलाको सहभागीता रहेको थियो । महिलाको नेतृत्व विकास गर्न र स्थानीय स्तरमा आयोजना हुने कार्यक्रममा बोल्न र उद्घोषण गर्न दक्ष उद्घोषक उत्पादन गर्ने अपेक्षा सहित तालीममको आयोजना गरिएको समितिकी सचिव निशा प्रसाईले बताउनुभयो । अरुले कार्यक्रम संचालन गरेको देखेको सुनेको आधारमा जसोतसो कार्यक्रम संचालन गरिदै आएकोमा उद्घोषण तालीम लिएपछि महिलाहरुमा बोल्ने सीप विकास हुने सहभागी तारा निरौलाले बताउनु भयो । ३० बढी महिलाको सहभागीता रहेको तालीमलाई संचारकर्मी सविता पाण्डेले सहजीकरण गर्नु भएको थियो ।



    निगरानी संवाददाता    
  • २०७७ माघ ९, शुक्रबार १५:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP