logo
  • २०८१ चैत्र ६ | Wed, 19 Mar 2025
  • वर्षको एकदिन मात्रै खुल्ने तलेजु मन्दिरमा दर्शनार्थीको घुइँचो

    वर्षको एकदिन मात्रै खुल्ने तलेजु मन्दिरमा दर्शनार्थीको घुइँचो

    काठमाडौं। वर्षमा एक दिन बडादशैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला रहने काठमाडौँ दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिरमा आज बिहानैदेखि ठूलो भीड लागेको छ।

    सर्वसाधारणलाई मन्दिर प्रवेशका लागि इन्द्रचोक र न्यूरोडतर्फबाट गरी दुईतिरबाट लाइन लगाइएको छ भने मन्दिरमा पूजाआजा र बलि दिने क्रम जारी छ।

    मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर हाल विनाशकारी भूकम्पपछि क्षतिग्रस्त भएपछि पुनःनिर्माणको क्रममा छ। यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्।

    त्यस क्षेत्रमा अन्य महत्वपूर्ण स्मारक हुन् तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डप रहेका छन्।



    निगरानी    
  • २०७६ आश्विन २०, सोमबार ११:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP