logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • ‘वतावरण संरक्षणमा महिलाको भुमिका ‘ विषयक अन्तरकृया देउमाईमा सम्पन्न

    ‘वतावरण संरक्षणमा महिलाको भुमिका ‘ विषयक अन्तरकृया देउमाईमा सम्पन्न

    स्थानीय तहमा वातावरणममैत्री स्थानीय सरकारको अवधारण माथि छलफल गर्न देउमाई नगरपालिकामा अन्तरकृया सम्पन्न भएको छ । वातावरण मैत्री विकास योजना निमार्ण गर्न सघाउ पुर्याउने उदेश्यले सहयात्रा संस्थाले जनप्रतिनिधी सँग वातावरण संरक्षणमा महिलाको भुमिका विषयक अन्तरकृया गरेको हो । स्थानीय तहको वातावरणमैत्री निति तथा बजेट , वातावरणमैत्री विकास निमार्णको लागि अन्तरकृया गरिएको जनाइएको छ । कार्यकमको उदघाटन सहयात्रा नेपालकी उपाध्यक्ष सुष्मा श्रेष्ठ परियारको अध्यक्षता र देउमाई नगरपालिकाका प्रमुख सुर्यप्रसाद पाख्र्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पोख्रेलले योजना निमार्ण देखि छनौटको प्रकृयामा अधिकांश माग पुर्वाधारको आउने गेको र त्यसमा पनि सडकको मात्र माग आउने गरेको बताउनु भयो । महिलाहरुले पानी डोकोमा बोकेर खानेपानी व्यवस्थापन गर्नु पर्नेै वास्तविकता भए पनि नगरवासीले योजना माग गर्दा सडकको मात्र माग गर्ने गरेको उहाको भनाई छ । विकास र समृद्धिको लागि सबै क्षेत्रलाई अघि लैजान जरुरी रहेको भन्दै खानेपानी , मुहान संरक्षण , वातावरण , सरसफाई जस्ता कार्यलाई अघि बढाई रहेको भएपनि अधिकाशं बजेट पुर्वाधार निमार्ण खर्च गदै आएको बताउनु भयो । यो वर्ष भने बातावरण मन्त्रालयबाट वातावरणको क्षेत्रमा काम गर्न बीसलाख बजेट प्राप्त भएकोले आगामी दिनमा वातावरण, सरसफाईको लागि काम गर्न सकिने बताउनु भयोे । कार्यक्रममा देउमाई नगरपालिकाका वडाअध्यक्ष र वडा सदस्य सहित तीस वढी जनप्रतिनिधीहको सहभागीता रहेको थियो ।



    निगरानी    
  • २०७७ फाल्गुन २०, बिहीबार १६:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP