माङखिममा तोडफोड , दोषी पत्ता लगाई कारबाही गर्न यायोक्खाको माग

माङखिममा तोडफोड , दोषी पत्ता लगाई कारबाही गर्न यायोक्खाको माग

इलाम, चैत ६ देउमाई नगरपालिकास्थित चमैताको खम्बुडाँडामा रहेको किरात राईको माङखिम (मन्दिर)मा अज्ञात समुहले तोडफोड गरेका छन् । माङिखम भित्र रहेका सास्कृतिक तथा ऎतिहासिक सामग्रीको तोडफोड र चोरी भएको जनाईएको छ । गत फाल्गुन  २५ गते तोडफोड भएपनि सम्बन्धित कार्यालयबाट समेत चासोका साथ नहेरिएको किरात राई यायोक्खाका केन्द्रीय सचिव कृष्ण राईले पत्रकार सम्मेलनमा शुक्रबार जानकारी दिनु भएको छ । राईका अनुसार घटनालगत्तै प्रहरीमा जाहेरी दर्ता गराएपनि हालसम्म घटनाका बारेमा जानकारी नपाउनु दुःखद रहेको बताउनु भयो । राज्यबाट खास गम्भीर रुपमा नलिएको आरोप लगाएको छ । धार्मिक सहिष्णुता भएको देशमा सबैको संस्कृतिको रक्षा हुनु पर्ने राईको भनाई छ ।यस घटनाले धार्मिक सहिष्णुता विगार्ने काम गरेको यायोक्खाको आरोप छ । योभन्दा पहिले पनि विभिन्न रूपमा आक्रमण हुँदै आएको किरात राई यायोक्खाका जिल्ला कोषाध्यक्ष रोशन राईले जानकारी दिनु भयो । घटनाको सत्यतथ्य छानविनका लागि चैत ७ गते घटनास्थल खम्बुडाडामा बिरोध तथा खबरदारी आम भेला गर्ने यायोक्खाले जानकारी दिएको छ ।