logo
  • २०८३ जेष्ठ ११, सोमबार | Mon, 25 May 2026
  • नेपालमा कोरोना संक्रमित ६८२ , हालसम्म ४ जनाले ज्यान गुमाए

    नेपालमा कोरोना संक्रमित ६८२ , हालसम्म ४ जनाले ज्यान गुमाए

    नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिए सगै संक्रमितको संख्या ६८२ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिनु भयो। 

    उहाँका अनुसार अछामका ३२ वर्षीय १ जना, बर्दीयाका ३ जना र पर्साका २ जनामा कोरोना संक्रमण देखिएको हो।

    वीरगञ्जको नेशनल मेडिकल कलेजमा ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। कोरोनाको कारण हालसम्म ४ जनाको मृत्यु भएको छ ।  



    निगरानी डेक्स    
  • २०७७ जेष्ठ १२, सोमबार ११:२१ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP