प्रेस चौतारी इलामको अध्यक्षमा चापागाइँ

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रेस चौतारी इलामको  अध्यक्षमा चापागाइँ

इलाम । प्रेस चौतारी नेपाल इलामको नौ औ अधिबेशनबाट  भिम चापागाइँको अध्यक्षतामा १९ सदस्यिय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षद्धयमा योगेन्द्र शंकर र सुस्मा श्रेष्ठ, सचिबमा किरण पौडयाल, सहसचिबद्धयमा मनोज अधिकारी र सरिता राई तथा कोषाध्यक्ष्मा भगिरथ भण्डारी चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा शान्ति गुरुङ्ग, बन्दना अधिकारी, सौखि सुनुवार, बुद्धराज लिम्बू, दिपक राई, बबिता मैनाली, मिलन मुखिया, भिम बिसुङखे, बिबस बलिभद्र कोइराला, गोविन्द लामिछाने, तारा खाती र दिपेन लिम्बूलाई चयन गरेको छ ।
प्रेस चौतारी नेपाल पत्रकारिता पुरस्कार मनोज अधिकारीलाई प्रदान गरीएको छ । प्रेस चौतारी इलामको नवौं जिल्ला अधिवेसनका अवसरमा बुद्वबाणी एफएम र इलाम खबर अनलाइनका अधिकारीलाई दिइएको हो । अधिवेसनका अवसरमा प्रमाण पत्र सहित नगद १० हजार प्रदान गरिएको छ । यस अघि यहि पुरस्कार गणेश अर्याललाई प्रदान गरिएको थियो । पाँच हजारबाट पुरस्कार बितरण शुरू गरिएको अहिले १० हजारम। पुरस्कार प्रेस चौतारीमा आबद्व भएर योगदान गरे बापत दिइने बताइएको छ ।