इलाम । सहयात्रा नेपाल इलामको सातौ साधारण सभा सोमबार इलाम सदरमुकाममा सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ इलामका अध्यक्ष कमल नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष हेम कुमारी शिवाले गर्नु भएको थियो । ‘विभेद रहित स्वाबलम्बी समाजको निर्माण ’ भन्ने नारा रहेको संस्थाले महिलाहरुको महिला , दलित , अपाङ्गता भएका , पछाडि परेका समुदाय , विपन्न , श्रमिकलाई सचेतीकरण र पैरवी गर्दै आइरहेको छ पछिल्लो समयसरसफाई र खानेपानी तथा वातावरण संरक्षणको क्षेत्रमा विभिन्न दातृ संस्था सँग मिलेर काम गरीरहेको जनाइएको छ । सभामा संस्थाको प्रगति प्रतिवेदन सचिव सानु दासले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष सविता पाण्डेले गर्नु भएको थियो । उद्घाट सत्रमा बौल्दै गैसस महासंघ अध्यक्ष कमल नेपाले महिलाहरुको सकृयातामा जिल्लामा धेरै महत्वपुर्ण काम गरीरहेको बताउनु भयो । संस्थाको कार्यक्रम र अनुदान बढ्दै जादा सदस्यहरु बीच मनमुटाव बढ्दै जाने र संस्था नै संकटमा परेको उदाहरण दिदै त्यस तर्फ सचेत हुन आग्रह गर्नु भयो । कार्यक्रममा संस्थाका सल्लाहकार राम रिमाल , करुणा फाउनडेसनका सिनियर म्यानेजर अजित योञ्जन र सुनगाभा विकास संस्थाकी अध्यक्ष यसोदा देवानले शुभकामना मन्त्व्य राख्नु भएको थियो । सस्थाकी सचिव सानु दासले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्त्वय सदस्य कमला गौतमले राख्नु भएको थियो । इलाम जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत महिलाहरुको सकृयतामा २०७१ सालमा इलाम स्थापना भएको थियो ।