इलाम ।आसन्न स्थानीय तहको निर्वाचनमा इलाम नगरपालिकाको मेयर पदमा नेपाली काँग्रसबाट केदार थापाले उम्मेद्धारी दिएका छन । चार दशक भन्दा लामो समयदेखि राजनितीमा सकृय थापाले मेयरमा निर्वाचित भए नगरको बिकास निर्माणको अभियानलाई तीब्र गतिमा अघि बढाउने बताएका छन् । थापाले सहभागीतामुलक र योजनाबद्ध दिगो विकासको लागि नमुना नगर स्थापना गर्ने बताएका छन । कृषिलाई प्राथमिकतामा राखि व्यवसायिक कृषि तर्फ किसानलाई उत्पेरित गर्न विभिन्न कार्यक्रम ल्याउने थापाको योजना छ ।
उनले भ्रष्टचार नियन्त्रण, नगरका पिछडिएका वडालाई सदरमुकामसम्म सहज रुपमा सडक संजाल निर्माण ,स्वच्छ खानेपानीको ब्यबस्था गर्ने बताए । लक्षित बर्गलाई वडा र पालिकाले दिँदै आएको सेवा सुबिधालाई सहज बनाउने बताएका छन । इलाम नगरपालिकाको कर पुनरावलोकन गर्दै दर भन्दा दायरा फराकिलो बनाई दोहोरो कर प्रणालीको अन्त्य गर्ने बताए ।
थापाले इलामममा शिक्षाको गुणस्तर वृद्धि गर्दै विश्वविद्यालय सहितको शैक्षिक केन्द्र स्थापना गर्ने योजना सुनाए । इलाम अस्पतालमा बिशेषज्ञ डाक्टरको ब्यबस्था गर्ने जस्ता कामहरु पनि आफनो पहिलो प्राथमिकतामा पर्ने बताएका छन ।
केदार थापा को हुन ?
केदार थापाले २०३६ सालमा बिद्यार्थी जीवन बाट नै नेपाली कांग्रेसको राजनीति यात्रा तय गरेका हुन् । नेपाली कांग्रेसले नेतृत्व गरेको हरेक आन्दोलनमा नेता थापाको सक्रिय सहभागिता देखिन्छ । उनी पञ्चायतकालमा पनि आन्दोलनमा सक्रिय सहभागी भएर पार्टीलाई चलायमान बनाउन क्रियाशील रहँदै आएका थिए । इलाममा पहिलोपटक चिया रोपण गर्ने कर्नेल गजराज सिंह थापाका सन्तान केदार जनसरोकारका विषयमा काम गर्न रुचाउँछन
वि सं २०३६ सालबाट कलिलो उमेरमा नै प्रजातन्त्र प्रति आकर्षित भई बहुदलिय ब्यवस्थाको पक्षमा भाग लिईएका थापाले २०४२ सालको नेपाली कांग्रेसले गरेको राष्ट्रिब्यापी सत्याग्रह कार्यक्रमक्रममा सकृयाता पुर्बक भाग लिएका थिए । वि सं २०४३ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिको उमेद्वार बनेका थिए ।
२०४६ सालको आन्दोलन सफल बनाउन नेपाल विद्यार्थी संघ जिल्ला सभापतिको रुपमा आफ्नो ठाउँबाट अग्रसर भएर लागेका थिए । २०४९ सालको स्थानीय निर्वाचनमा इलाम नगरपालिका वडा नं ९ बाट निर्वाचित अध्यक्ष बनेका थिए ।
२०५१÷५२ सालमा समाजसास्त्रमा एम ए सम्मको अध्ययन गरेका थापा सरल र मृदुभाषी नेताको रुपमा परिचित छन । नेपाली कांग्रेसको १० औँ र ११ औँ महाधिवेशनमा २ कार्यकाल पार्टी सचिव बने भने २०५६ सालमा नेपाल तरुण दल इलामको संस्थापक सभापति बनेका उनी दुई कार्यकाल नेपाल तरुण दल इलामको सभापति भएका थिए ।
नेपाली कांग्रेसको पार्टीको १२ औ अधिवेशनमा निर्वाचित महाधिवेशन महासमिति, १३ औँ मा निर्वाचित जिल्ला सदस्य,महाधिवेशन महासमिति सदस्य र १४ औँ मा जिल्ला सदस्य,महाधिवेशन महासमिति सदस्य बने । २०४०÷४१ सालमा निजामति सेवामा खरिदार पदमा लोकसेवा पास गरेका केदार थापालाई राजनितीक अभियोगबाट चारित्रिक रुपमा खराब देखाई तत्कालिन सरकारले नोकरीमा अयोग्य ठहर्याएको थियो । त्यपछि अझ सकृय रुपमा राजनितीमा लागेका थापाले २०६२÷२०६३ सालको जनआन्दोलनमा समेत थापाको नेतृत्बदायी भूमिका निर्वाह गरेका थिए । यसरी देशलाई चाहिएको बेला जुनसुकै परिस्थितिमा पनि पार्टीलाई चलायमान बनाउन सक्ने थापा हरेक आन्दोलमा आफैं अग्रमोर्चामा आउँछन् । २०४६ सालमा नेपाल विद्यार्थी संघको सभापति रहेकै बेला उनी आन्दोलनमा सक्रिय भएर थापाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । ११ औ महाधिबेशनमा नेपाली कांग्रेसको जिल्ला सचिव बनेका थिए भने १२ आंै महाधिवेशनबाट पनि उनी सचिवमा नै निर्वाचित बनेका थिए । हाल उनि महाधिबेसन प्रतिनिधिका रुपमा रहेका छन् ।
इलाम जिल्ला अस्पतालको अस्पताल विकास समितिमा रहेर छोटो समयमा नै थुप्रै काम गर्न सफल भएका थिए । तत्कालिन समयमा इलाममा स्वास्थ्य विमाको कार्यक्रम ल्याउन स्वास्थ्य मन्त्रि गगन कुमार थापा संग समन्वय गरि जिल्ला कार्यक्रम लागु गरेका थिए । इलामको सुक्खा क्षेत्र इलाम बजारमा पानी ल्याउन अहम भूमिका निर्वाह गरिरहेका उनी इलाममेलीबीचमा रुचाइएका छन् ।
थापा जनताको हरेक समस्याको सामधान गर्नु आफ्नो पहिलो प्रथामिकता ठान्छन् । जसका कारण इलामेली नागरिककले अफ्ठ्यारोमा एक दर्बिलो खम्बाको रुपमा थापालाई लिने गरेका छन् । नेपाली कांग्रेसको राजनीतिमा ४० बर्षको अनुभव लिएका थापा सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । हाल उनी इलाम नगरमा निर्माणधीन साना सहरी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा रहेर काम गरिरहेका छन् ।
थापा शालिन , मिलनसार व्यक्तिका रुपमा परिचित छन भने नेपाली कांग्रेस भित्रमा पनि साझा एवं प्रभावशाली नेतृत्व गर्न सक्ने स्वच्छ छवि बनाएका छन् ।
प्रतिक्रिया